डोल्पा कारागारबाट कैदी फरार घटना छानबिन गर्न समिति गठन

  • आइबार​ १६ कात्िक २०८३ ०८:४० AM
जिल्ला कारागार डोल्पाबाट कैदी फरार घटना छानबिनका लागि समिति गठन गरिएको छ । प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा डीएसपी अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालय डोल्पाका एक जना प्रतिनिधि र राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी सदस्य छन् ।