प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी १ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना अगाडि बढाउन लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाअनुसार वडा नम्बर ६ स्थित फेवाताल