देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

  • आइबार​ १६ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतिर उन्मुख भइरहेको संकेत गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न नसक्ने बताएका हुन्।उनले देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष रहेको बताए। अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, सार्वजनिक सञ्चारक्षेत्र र नागरिक वृत्तमा निराशा बढिरहेको बताउँदै उनले अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न नसक्ने स्पष्ट पार