काठमाडौं : शरद लागेसँगै आकाश खुल्छ, हावा सफा हुन्छ र पहाड–हिमालको दृश्य एकाएक चहकिलो बन्छ। यही समय हो—असोज र कात्तिक—जब सोलुखुम्बु केवल सगरमाथाको नाममा सीमित रहँदैन, बरु सोलुको भित्री भूगोल, संस्कृति र हरियालीले आफ्नै कथा सुनाउन थाल्छ।सोलु भन्नासाथ धेरैको मनमा सगरमाथा र उच्च हिमालमात्रै आउँछ। तर, ती हिमालको छायाँमा रहेका गुम्बा, उपत्यका र डाँडाहरूले छुट्टै संसार बोकेका छन्— जहाँ यात्रा केवल दृश्य हेर्ने कुरा होइन, संस्कृति, विश्वास र प्रकृतिसँग साक्षात्कार गर्ने अनुभ