काठमाडौं । नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव समाप्त भएसँगै देशभरको मौसममा क्रमिक सुधार आउन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका दिनमा अधिकांश स्थानमा मौसम सफा र घमाइलो हुँदै जानेछ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखि नै मौसममा उल्लेखनीय सुधार देखिएको छ । पछिल्लो २४ घण्टामा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक–दुई स्थानमा छिटपुट वर्षा