सरकारले श्रम बजारमा देखिएका नयाँ स्वरूप र श्रमिकका बदलिँदा समस्या सम्बोधन गर्न श्रम ऐन, २०७४ संशोधनको प्रक्रिया अघि बढाएको छ । गिग वर्कर, प्लेटफर्म वर्कर, नोम्याड भिसामा नेपाल आउने विदेशी श्रमिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत कानुनी दायरामा समेट्ने गरी ऐन संशोधन गर्न लागिएको हो । युवा, श्रम तथा रोजगार मन्त्रालयले चालु आर्थिक वर्षभित्रै ऐन