गोरखा– गृहमन्त्री सुधन गुरुङले गोरखाका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक सम्बोधन गर्ने बताएका हुन्। अन्तरक्रियामा सहभागीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको, पर्यटकीय सम्भावना हुँदाहुँदै पनि त्यसको प्रवर्द्धनमा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जिल्लाको समग्र