काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आफ्नो नाफा उल्लेख्य रूपमा बढाएको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा यस वर्ष नाफा २४.४८ प्रतिशतले वृद्धि भएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।