सिमरा : बाराको फेटामा अस्पताल उद्घाटनको विषयलाई लिएर शनिबार भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा गठित समितिमा प्रहरी उपरीक्षक भुनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन् । १५ शैय्या अस्पताल उद्घाटनको विषयलाई लिएर शनिबार दिनभर फेटा तनावग्रस्त बनेको थियो । फेटा गाउँपालिकाको कार्यालयले नवनिर्मित अस्पताल भवन उद्घाटन गर्ने तयारी गरेको थियो । तर, गाउँपालिकाका पूर्वअध्यक्ष अमि