काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । यसदिन सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेको हो।नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ८ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजार कायम भएको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुनको मूल्य २ लाख ८० हजार ३०० पुगेको थियो।सुनको मूल्य घटेसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ। यसदिन प्रतितोला चाँदी ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार सोही परिमाणको च