संसारमा हरेक १६ सेकेन्डमा १ जना शिशु जन्मनुअघि नै मृत्युको मुखमा पुग्छ। विश्वव्यापी रूपमा ‘आईयूएफडी’ को भार लामो समयदेखि उपेक्षित छ। संयुक्त राष्ट्र संघको बाल मृत्यु अनुमान अन्तर–संस्था समूह (यूएन आईजीएमई) को तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर करिब २० लाख ‘स्टीलबर्थ’ (मृत बच्चाको जन्म) भएका थिए। अर्थात् विश्वमा हरेक १६ सेकेन्डमा करिब १ शिशु मृत अवस्थामा जन्मिन्छ। यस्ता मृत बच्चा जन्मिनेहरूमध्ये करिब ८० प्रतिशत उपसहारा अफ्रिका र दक्षिण एसियामा केन्द्रित छन्।