वीरेन्द्रनगर : भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ । केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण पर्यटकहरू गन्तव्यबाट अघि बढ्न नसकी दानीगढ क्षेत्रमा फसेका हुन् ।जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार प्रतिकूल मौसमका कारण पर्यटकहरू जोखिमपूर्ण अवस्थामा फसेको जानकारी शनिबार (कात्तिक १४ गते) प्राप्त भएको थियो । जानकारी प्राप्त भएलगत्तै उनीहरूको उद्धारका लागि आवश्यक पहल थालिएको थियो ।