महँगीविरुद्धको पेरिस प्रदर्शनमा फ्रान्सेली राष्ट्रपतिका उम्मेदवार वामपन्थी नेता मेलँसों सहभागी

  • आइबार​ १६ कात्िक २०८३ ०४:२८ AM
काठमाडौं । फ्रान्समा बढ्दो महँगीको विरोधमा लगातार तेस्रो सप्ताहान्त पनि प्रदर्शन भएको छ । सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा वामपन्थी नेता जाँ–लुक मेलँसों शनिबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् । फ्रान्सेली समाचार संस्था फ्रान्स २४ का अनुसार शनिबारको प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भएका थिए । मेलँसों गत अक्टोबर २४ मा भएको प्रदर्शनमा पनि सहभागी भएका थिए । फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्म प्रहरीले २७ जनालाई पक्राउ गरेको थियो । अघिल्लो सप्ताहान्तमा २१७ जना पक्राउ परेका थिए । मन्त्रालयले शनिबारका प्रदर्शनमा उल्लेखनीय अप्रिय घटना नभएको जनाएको छ ... The post महँगीविरुद्धको पेरिस प्रदर्शनमा फ्रान्सेली राष्ट्रपतिका उम्मेदवार वामपन्थी नेता मेलँसों सहभागी appeared first on Kalika Khabar.