काठमाडौं : बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो। २५ टन क्षमताका ती भट्टीहरूमा अचानक आगलागी हुँदा त्यहाँ कार्यरत कामदारहरू घाइते भएका हुन्।आगलागीमा परी घाइते हुनेहरूमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको