काठमाडौं : नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाएको हो।‘हालको मौसम विश्लेषण अनुसार बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन।’ महाशाखाले भनेको छ,‘नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश