काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरका वडाका उम्मेदवारहरू छनोट गर्न ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गरेको छ।‘रास्वपाको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।यसैगरी स्थानीय निर्वाचनको उम्मेदवार छनोट रू