अमेरिकामा मध्यावधि निर्वाचन ट्रम्प प्रशासनको परीक्षा

  • आइबार​ १६ कात्िक २०८३ ०९:०० AM
अमेरिका : अमेरिकामा जारी मध्यावधि निर्वाचनको अन्तिम मतदान आगामी नोभेम्बर ३ मा हुँदैछ। राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने निर्वाचन भएकाले यसलाई मध्यावधि निर्वाचन भनिएको हो। कार्यकारी राष्ट्रपति रहने अमेरिकामा राष्ट्रपतिको दुई वर्षे कार्यकाललाई आमजनता र मतदाताले कसरी लिइरहेका छन् भन्ने लेखाजोखासमेत चुनावबाट हुने अपेक्षा गरिन्छ।मध्यावधि निर्वाचनमा अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ सिटका साथै माथिल्लो सदन अर्थात् सिनेटको ३५ सिटका लागि निर्वाचन हुँदैछ।