मैदानभित्र सफलता, मैदानबाहिर आलोचना

  • आइबार​ १६ कात्िक २०८३ ०९:०० AM
एजेन्सी /लन्डन : विश्व फुटबलका सर्वाधिक चर्चित र सफल खेलाडीमध्ये एक हुन्, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो। गोल गर्ने क्षमता, शारीरिक फिटनेस, अनुशासन र कीर्तिमानका कारण विश्वभर करोडौं समर्थक कमाएका रोनाल्डोको चर्चा खेल प्रदर्शनमा मात्र सीमित छैन। उनी पटक–पटक मैदानभित्र र बाहिरका विवादमा समेत तानिँदै आएका छन्। पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले आफ्नो लामो फुटबल करियरमा थुप्रै कीर्तिमान बनाएका छन्। तर, उनको सफलतासँगै जोडिएका विवाद, रेफ्रीमाथिको आक्रोश, प्रशिक्षकसँगको