काठमाडौं : बाघ भैरवकी हिमानी श्रेष्ठ र कोसेलीकी रिसिका तामाङ दोस्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगिताको महिला २० केजीमुनि शनिबार फाइनलमा प्रवेश गरेका छन्। चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा भएको सेमिफाइनलमा हिमानीले कोसेलीकी सुहाना तामाङ तथा रिसिकाले शिवपुरी डोजोकी कृष्टि तामाङलाई पराजित गरेका थिए।नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमुनि बाघ भैरवका उत्सव श्रेष्ठ फाइनलमा पुगे। उनले सेमिफाइनलमा बालाजुका सौरव मगरलाई हराए। स्वर्णका लागि उत्सवले एमएचएसका स