गाउँ विद्युतविहिन भएपछि स्वास्थ्यचौकीमा सामुहिक मोबाईल चार्ज

  • आइबार​ १६ कात्िक २०८३ ०९:०० AM
गोरखा : तीनसातादेखि गाउँ विद्युतविहिन भएपछि उत्तरी गोरखाका कतिपय गाउँका वासिन्दा सञ्चार सेवाबाटसमेत वञ्चित भएका छन् । गत असोज २५ गते बूढीगण्डकीमा आएको विनाशकारी बाढीले प्रशारण लाइनमा क्षति पुर्याएपछि धार्चे १ हुलचुक, उम्चेत, धार्चे ३ को उहिया, दुङ्ला, लाक्पाल लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ । विद्युत लाइन नहुँदा उहियास्थित मोबाइल टावरमासमेत अवरुद्ध रहेको स्थानीय शिक्षक जितलाल गुरुङ बताउँछन् । टावरले काम नगर्दा धार्चे १ हुलचुक, उम्चेत, धार्चे २ को रुञ्चेत, धार्चे ५ को माछाखोला,