वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन अवस्था निराशाजनक देखिएको छ। विकास निर्माणलाई गति दिने, नागरिकको जीवनस्तरमा सुधार ल्याउने र प्रदेशको समृद्धिको आधार तयार गर्ने लक्ष्यसहित ल्याइएका बजेट तथा कार्यक्रम कार्यान्वयनमा सरकारको गति भने कछुवाको गतिमा सीमित छ। आर्थिक वर्षको सुरुवातदेखि नै विकास बजेट खर्चमा अपेक्षित प्रगति हुन नसक्दा प्रदेशका महत्त्वपूर्ण विकास आयोजना प्रभावित भएका हुन्।बजेट विनियोजन गर्ने तर समयमै कार्यान्वयन गर्न नसक्ने प्रवृत्ति कर्णालीमा पुरानै समस्याका रूपमा