काठमाडौं : रुस-युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि जारी छ। यस्तो अवस्थामा रुसबाट लगातारका प्रहार भइरहने ड्रोन आक्रमणहरूले युक्रेनी सैनिकहरूका लागि खुला जमिनमा ओहोरदोहोर गर्न निकै कठिन बनाएको छ।उनीहरू पुराना ग्यास पाइपलाइनहरूभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट फराकिला यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्याउने यी पाइपलाइनहरू अहिले युक्रेनी सैनिकहरूका लागि खाना, हतियार र अन्य आवश्यक सामग्री पुर्याउ