काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टी र सरकारबीच समन्वय मिलाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई बारम्बार भेटिरहन्छन्।रास्वपा सचिवालयका एक सदस्यका अनुसार हरेक भेटमा लामिछानेले गृह मन्त्रालयअन्तर्गतको प्रहरीको शैली र कामकारबाहीप्रति असन्तुष्टि जनाउने गर्छन्। २४ साउनमा लामिछानेले सरकारलाई सचेत गराउँदै भनेका थिए, ‘सरकारले बाटो बिराए पार्टीले कान समाउँछ।’ त्यसबेला उनले सरकारका निर्णय गलत भए पार्टीले सच्याउने र सरकारलाई खबरदारी गर्