काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करणको आठौं खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्स लाई १०६ रनको विजयी लक्ष्य दिएको छ। शनिबार त्रिवी क्रिकेट स्टेडियममा भएको खेलमा निर्धारित ५ ओभरमा विराटनगरले २ विकेटको क्षतीमा १०५ रन बनाएको हो। विराटनगर किंग्सको लागि ओपनर सेहान जयसुरियाले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा २ चौका र ५ छक्कासहित ३९ रन बनाए। पहिलो ओभरमा सेहान जयसुरियामा ५ छक्का प्रहार गरे। पहिलो ओभरमा सुदूरपश्चिम रोयल्सका बलर पहिलो ओभरमा ३५ रन खर्चिए। १.२ ओभरमा