रास्वपा बैठकमा उठ्यो गृहमन्त्री गुरुङमाथि पनि अनुसन्धान गर्नुपर्ने आवाज

  • शनिबार १५ कात्िक २०८३ ०४:२० PM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको सचिवालय बैठकमा शुक्रबार सञ्चारगृहमा प्रहरी प्रवेश गराएको र पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाबारे लामो छलफल भयो। बैठकमा सहभागी अधिकांश नेताहरूले प्रेस तथा पत्रकारमाथि भएको धरपकडको विषयलाई गम्भीर रूपमा उठाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। छलफलका क्रममा पत्रकार र प्रेसमाथि कुनै पनि प्रकारको आक्रमण हुन नहुने विषयमा नेताहरू