सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ । पहिलो आरोहणसँगै