जनकपुरधाम : दशैंको टिकाका दिन घर नजिकैबाट हराएका ७ वर्षीय साकेत झाको शव आज धान खेतमा फेला परेको छ । धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका छोरा साकेतको शव घरभन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा फेला परेको प्रहरीले जनाएको छ । गत कार्तिक ४ गते दशैं टीकाको दिन साकेत घरबाट निस्केर बेपत्ता भएका थिए । उनी बेपत्ता भएदेखि निरन्तर घरपरिवार र सामाजिक सञ्जालबाट सूचना पाएका सबैले उनको खोजी गरिरहेका थिए, तर साकेत फेला परेका थिएनन्। प्रहरीले साकेतको खोजीमा पटक पटक बारीझारी र खेतहरूमा खोजतलास गर