पहिलो पटक पुग्यो ‘जुगल २’ मा मानव पाइला

  • शनिबार १५ कात्िक २०८३ ०९:०० PM
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल हिमश्रृंखलामा अन्र्तगत ६ हजार ५ सय १८ मिटर उचाईको ‘जुगल २’ मा पहिलो पटक मानव पाइला पुगेको छ।स्पेनका तीन सदस्यीय पर्वतारोहीको टोलीले यही कात्तिक ९ गते आरोहणका लागि अत्यन्तै कठिन मानिएको जुगल २ को सफल आरोहण गरेको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जानकारी दिए। स्पेनी आरोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल २ को सफल आरोहण गरेका हुन्। ‘स्पेनी आरोहीसहितको समूह सफलतापूर्वक हिमाल आरोहण गरी आधार