धादिङ : धादिङको गल्छी गाउँपालिका-६, महेशदोभानस्थित पृथ्वी राजमार्गमा ईभी माइक्रो दुर्घटना हुँदा पैदलयात्रीसहित १० जना घाइते भएका छन्।प्रहरीका अनुसार शनिबार साँझ करिब ७ बजे पोखराबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७७९२ नम्बरको ईभी माइक्रो अनियन्त्रित भई सडकबाट करिब तीन मिटर तल कल्भर्टमा खसेको थियो। दुर्घटनाका क्रममा सडक छेउमा हिँडिरहेका स्थानीय सीताराम अधिकारीलाई ईभी माइक्रोले च्यापेको थियो।माइक्रोमा सवार ९ जना यात्रु पनि दुर्घटनामा परी घाइते भएका छन्। घाइते सबैको बैरेनी अस