काठमाडौं : सिन्धुपाल्चोकमा भाइको कुटपिटबाट दाइको मृत्यु भएको छ।लिसंखुपाखर गाउँपालिका–३, ग्यावामा भाइको कुटपिटबाट घाइते भएका ६२ वर्षीय रानाबहादुर तामाङको मृत्यु भएको हो। कुटपिट गर्ने उनका भाइ ६० वर्षीय शम्बरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।सामान्य विवाद हुँदा उनले दाइमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएकोमा त्यहाँबाट थप उपचारका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको थियो। शनिबार चिकित्सकले उनलाई मृत घोषणा गरे।