विराटनगर र सुदूरपश्चिमको खेल ५ ओभरको हुने

  • शनिबार १५ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिचको खेल ५ ओभरको हुने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको आठौं खेल त्रिवि क्रिकेट मैदान वर्षाका कारण भिजेको हुँदा खेलको टस ७:२५ बजे हुनेछ। दुवै टोलीले ५/५ ओभरको खेल खेल्नेछन्। खेल ७:४१ मा सुरु हुनेछ। दुई इनिङ्सको बिचमा जम्मा १० मिनेटको ब्रेक हुनेछ। आजको पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोजको खेल भने वर्षाका कारण हुन सकेन। दुवै टोलीले १/१ अंक बाँडे।