कांग्रेसले पार्टी कार्यालयमा आइतबार बोलायो बैठक

  • शनिबार १५ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएकोबैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको उनले बताए। कांग्रेसले सञ्चार गृहमा प्रहरीको प्रवेश लगायत सरकारका पछिल्ला गतिविधिको विषयमा धारणा तय गर्नका लागि पनि बैठक बोलाइएको हो।