ओखलदुंगा : खराब मौसमका कारण २ दिनदेखि लुक्लामा हवाइ उडान प्रभावित बनेको छ। नागरिक उड्ययान प्राधिकरण लुक्ला कार्यालयका अनुसार २ दिनमा ५० भन्दा बढी उडान स्थगित भएका छन्। लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने प्राधिकरणले जनाएको छ। तर लुक्लाको विमनस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको हो। निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि चिन्तित छन्।काठमाडौँबा