बाजुरा : बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा फसेका एक जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हिमपातपछि त्रिवेणी पाटनस्थित धर्मशालामा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो। यस्तै, घटनामा अर्का एक जना अझै बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा कञ्चनपुरको वेदकोट, दैजीका २० वर्षीय मनिष बोहरा छन्।चार हजार दुई सय मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा भारी हिमपात भएपछि कार्की गत शुक्रबारदेखि त्रिवेणी पाट