हप्तादिन नबित्दै काठेपुल बगाउँदा चुम उपत्यकावासी निराश

  • शनिबार १५ कात्िक २०८३ ०७:०० PM
गोरखा : लगातार तीन दिनको वर्षापछि आएको स्यार खोलाको बाढीले गाउँलेले १५ दिन लगाएर बनाएका चारवटा फड्के (काठेपुल) बगाएको छ।चुम उपत्यकावासीका लागि 'लाइफलाइन'का रूपमा रहेका चारवटा काठेपुल बाढीले बगाएपछि त्यहाँका बासिन्दा निराश भएका छन्। गत बिहीबारदेखि परेको अविरल वर्षापछि चुमनुब्री गाउँपालिका–६ स्थित स्यार खोलामा आएको बाढीले ती पुलहरू बगाएको स्थानीय गोपाल लामाले बताए। चुम उपत्यका जाने मुख्य बाटो खुलाउन एक हप्ताअघि मात्र चुमनुब्री गाउँपालिकाले १५ दिन लगाएर चारवटा काठेपुल निर्माण गरेको थि