काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले न्याय क्षेत्रको पुनर्संरचना तथा न्यायालयमाथि उठेका प्रश्नहरूको निरुपणका लागि संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले न्याय क्षेत्रसँग सम्बन्धित सार्वजनिक भएका विषयलाई संसद्मार्फत सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले यससम्बन्धी प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिएको