काठमाण्डु– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार दिउँसो २ बजेका लागि बैठकले बोलाएको हो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा २ बजे बस्ने छ । सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।