अव्यवस्थित सहरीकरणले बढायो विपद्को जोखिम, रोकथाममा लगानी कमजोर

  • शनिबार १५ कात्िक २०८३ १२:४७ PM
तीव्र सहरीकरणसँगै नेपालका सहरमा बाढी, डुबान, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ । तर, सहर विस्तारलाई व्यवस्थित गर्ने दीर्घकालीन योजना र त्यसअनुसारका पूर्वाधार निर्माणमा पर्याप्त ध्यान पुग्न सकेको छैन । विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधारमा लगानी गर्नुभन्दा पहिले नै बस्ती कहाँ बसाल्ने र सहरलाई कसरी विस्तार गर्ने भन्ने योजना आवश्यक रहेको विज्ञहरूले