मन्त्री दीपककुमार साहको पहलमा सिर्सिया नदी प्रदूषणमुक्त बनाउने अभियान अघि बढ्यो, पर्सामा सर्वपक्षीय बैठकबाट साझा प्रतिबद्धता

  • शनिबार १५ कात्िक २०८३ ११:५२ AM
वीरगंज – लामो समयदेखि औद्योगिक तथा अन्य कारणले प्रदूषणको चपेटामा परेको वीरगंजको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा महत्वपूर्ण निर्णय गरिएको छ। संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने विषयमा महत्वपूर्ण निर्णय गरेको हो। मन्त्रालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा विभिन्न सरोकारवाला पक्षको सहभागितामा भएको छलफलले सिर्सिया नदीको संरक्षण र पुनर्जीवनका लागि साझा प्रतिबद्धता व्यक्त गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इ. दीपककुमार साहको पहल ... The post मन्त्री दीपककुमार साहको पहलमा सिर्सिया नदी प्रदूषणमुक्त बनाउने अभियान अघि बढ्यो, पर्सामा सर्वपक्षीय बैठकबाट साझा प्रतिबद्धता appeared first on Kalika Khabar.