सिरहामा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

  • शनिबार १५ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : सिरहामा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्।सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई २५ हजार ५०० बराबरका नक्कली नोटसहित पक्राउ गरेको हो।पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन्। उनीहरूको साथबाट ५०० दरका ३ थान र १,००० दरका २४ थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।बरामद