विराटनगर : भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको २५ लाख रुपैयाँ बराबरको सयपत्री फूलको तयारी माला सशस्त्र प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले शनिबार उक्त माला नियन्त्रणमा लिएको हो। भारतबाट अवैध रूपमा भित्र्याई कुनै पनि बिलबिजकबिना ग्लोबल कोल्ड स्टोर र राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी भइरहेको अवस्थामा माला बरामद गरिको सशस्त्र प्रहरीले जनाएको छ।बरामद गरिएको सयपत्री फूलको तयारी मालाको अनुमानित बजार मूल्य २५ लाख रुपैयाँ रहेको