काठमाडौं : रास्वपाले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्ने जनाएको छ। आज बसेको सचिवालय बैठकले शुक्रबार पत्रकार/सञ्चारकर्ममाथि सरकारले धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको जनाएको छ।बैठकपश्चात प्रवक्ता जगदीश खरेलले समाचार कक्षमा पत्रकारमाथि धरपकड गर्ने कार्य किन, कसरी भयो छानबिन गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिए। उनले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने र न्युज रुममा प्रहरी प्रवेश गर्ने घटनालाई बैठकले गलत भनेको जानकारी गराए। रास्वपाको सचिवालय बैठक