काठमाडौं । मौसममा सुधार हुँदै घाम लाग्न थालेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट कभर हटाउन थालिएको छ । वर्षाका कारण मैदानलाई ढाकेर राखिएको कभर हटाउँदै मैदान सुकाउने प्रयास भइरहेको छ । जारी एनपीएलमा आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ । यसअघि आज बिहानको खेल वर्षाको कारण रद्द भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजले १/१ अंक बाँडेका थिए । The post मौसममा सुधारपछि कीर्तिपुर क्रिकेट मैदानबाट कभर हटाउन थालियो appeared first on Kalika Khabar.