काठमाण्डु– नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र रोजगारदाताले लागत व्यहोर्ने सिद्धान्तअनुसार मौरिसस पठाउने गरी नेपाल र मौरिससबीच सरकार–सरकार (जी२जी) प्रणालीमार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढेको छ। नेपालले अघि सारेको प्रस्तावमा मौरिसस सहमत भएको हो। मौरिससको नयाँदिल्लीस्थित उच्च आयोगले अक्टोबर २९ मा नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै श्रमिक भर्तीसम्बन्धी समझदारीपत्र (एमओयू) को संशोधित मस्यौदा उपलब्ध गराएको