कांग्रेस कोशी प्रदेश सभापतिमा लिम्बू, फागो, रायमाझी र थापाको दाबी

  • शनिबार १५ कात्िक २०८३ १०:४४ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढेसँगै कोशी प्रदेशमा पार्टी नेतृत्वको प्रतिस्पर्धा पनि पेचिलो बन्दै गएको छ। केन्द्रीय महाधिवेशनपछि हुने प्रदेश अधिवेशनलाई लक्षित गर्दै प्रदेश सभापतिका लागि चार प्रभावशाली नेताले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्। प्रदेश सभापतिका आकांक्षीमा मोरङ कांग्रेसका सभापति तथा पूर्व संघीय मन्त्री डिकबहादुर लिम्बू, कोशी प्रदेशका महामन्त्री उमेश थापा, सहमहामन्त्री तथा उर्लाबारी नगरपालिकाका