घमाइलो बन्दै कीर्तिपुर, एनपीएलको दोस्रो खेल हुने सम्भावना बढ्यो

  • शनिबार १५ कात्िक २०८३ ११:०९ AM
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल सञ्चालन हुने सम्भावना बढेको छ। मौसममा सुधार भई मैदानमा घाम लाग्न थालेपछि खेल हुने आशा बढेको हो। यसअघि मौसम प्रतिकूल हुँदा खेल सञ्चालनमा अन्योल देखिएको थियो।