काठमाडौं । नेकपा एमालेका नेता तथा पुर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको ज्यादतीको संज्ञा दिएका छन् । अदालतको पक्राउ पुर्जीबिनै सरकारले नाटकीय ढंगले सञ्चारमाध्यममाथि ज्यादती गरेको उनको आरोप छ । शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको समयमा समेत सञ्चारमाध्यममाथि यस्तो व्यवहार नभएको दाबी गरे । ‘यस्तो ज्यादती जहानियाँ राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको कालमा पनि भएको थिएन। राणा कालमा पनि प्रक्रिया पूरा गरेर गर्थे,’ उनले भने । निरंकुश शासन व्यवस्थामा समेत प्रक्रिया पूरा गर्ने गरिएको उल्लेख गर्दै उनले जनमत प्राप्त लोकतान्त्रिक सरकारबाट सञ्चारमाध्यममाथि यस्तो व्यवहार हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरे । नेता थापाले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ मा सर्वेक्षणका लागि परिचालित व्यक्ति रहेको दाबी गरेका छन् । थापाले सापकोटा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रमा सर्वेक्षण गर्न खटिएको व्यक्ति भएको जानकारी आफूलाई रहेको उल्लेख गरे । उनले प्रश्न गरे, ‘इनम सापकोटा झापामा प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रमा सर्वेका लागि परिचालित भएको व्यक्ति भन्ने जानकारी तपाईंहरूको जानकारीमा छ कि छैन