एनपीएलको शनिबारको पहिलो खेल रद्ध, चितवन र लुम्बिनीले अंक बाँडे

  • शनिबार १५ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबारको पहिलो खेल रद्ध भएको छ। खेल रद्ध भएपछि चितवन राइनोज र लुम्बिनी लायन्सले अङ्क बाँडेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान लगातारको वर्षापछि जलमग्न भएको छ। झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी लायन्स र चितवन राइनोजले अङ्क बाँडेका हुन्। आजको दोस्रो खेल साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सले खेल्ने तालिका छ। उक्त खेल पनि मैदानका कारण प्रभावित हुने सम्भावना बढी रहेको छ।