काठमाडौं : निरन्तरको वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५, पिन्थलीमा खहरे खोलाको ढुङ्गा र माटोसहितको लेदो सडकमा थुप्रिएको छ।त्यस्तै, रोशी गाउँपालिका–८, गिम्दीबेसीमा पहिरो खसिरहेकाले राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले सडक अवरुद्ध हुनुका साथै पहिरो र लेदो झर्ने जोखिम कायमै रहेको बताएका छन्। उनले अरनिको राजमार्गका विभिन्न ठाउँमा पनि पहिरो गएको जानक