सिमरा : १५ शैय्याको नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर बाराको फेटाको स्थिति तनावपूर्ण बनेपछि सुरक्षा अवस्था कडा पारिएको छ। स्थिति थप बिग्रन नदिन १५० भन्दा बढीको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन्। सुरक्षाकर्मी परिचालित भएसँगै फेटास्थित अस्पताल वरपरको अवस्था अहिले सामान्य बन्दै गएको छ। यसअघि प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय आदित्य पासवान गम्भीर घाइते भएपछि स्थिति तनावपूर्ण बनेको थियो। घाइते बालकको अहिले वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उ